झापा। शिवसताक्षी नगरपालिकामा भोली सेवा प्रवाह प्रभावित हुने भएको छ ।
नगरपालिकाले एक सुचना जारी गर्दै फागुन १२ गते नगरपालिकाका अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा प्रभावित हुने जनाएको छ।
उक्त दिन नगरपालिकाको बाह्रौ नगरसभा सञ्चालन गरिने भएकाले सेवा प्रवाह प्रभावित रहने पालिकाले सुचना मार्फत जानकारी दिएको छ।