मोरङ । जहदा गाउँपालिकाले कार्यक्रम माग गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै आलु उत्पादन कार्यक्रमको लागि माग गर्न अनुरोध गरेको हो ।
गाउँपालिकाको चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप ५० प्रतिशत अनुदानमा सिँचाईको लागि डेलिभरी पाइप वितरण गर्न लागेको जनाइएको छ । खायन आलु खेती गर्नको लागि सो पाइप वितरण गर्न लागेको हो ।
कार्यक्रममा सहभागी हुन चाहने कृषि फार्म तथा सहकारीले फागुन १९ गतेभित्र आवेदन दिन सक्ने जनाइएको छ । आवश्यक कागजातसहित आवेदन दिनु पर्ने छ । सहभागीलाई ५० प्रतिशत साझेदारीमा पाइप वितरण गरिने गाउँपालिकाले जनाएको छ ।