मनाङ । चामे गाउँपालिकाले ५० प्रतिशत अनुदानमा बंगुरको पाठापाठी वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै साझेदारी कार्यक्रम अनुरुप बंगुरको पाठापाठी वितरण गर्ने जनाएको हो ।
गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप बंगुरको पाठापाठी वितरण गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने कृषकलाई आवेदन दिन गाउँपालिकाले अनुरोध गरेको छ ।
सूचना प्रकासित भएको ७ दिनभित्र आवश्यक कागजातसहित गाउँपालिकामा आवेदन दिन सक्ने जनाइएको छ ।