सिन्धुली। सुनकोशी गाउँपालिकाले दोस्रो गाउँसभा गर्ने भएको छ।
फागुन ५ गते दिउँसो १ बजे गाउँ सभा हलमा पालिका अध्यक्ष दिपा वोहोराकाे अध्यक्षतामा बस्ने एक सुचना जारी गर्दै गाउँपालिकाले जनाएको छ । सभामा उपस्थित हुन गाउँ सभा सदस्यलाई पालिकाले अनुरोध गरेको छ ।
गाउँ कार्यपालिकाको माघ १५ मा बसेको बैठकले फागुन ५ गते दोस्रो गाउँसभा (हिउँदे अधिवेशन) सञ्चालन गर्ने निर्णय गरेको थियो।