काठमाडौं। कीर्तिपुर नगरपालिकाले स्थानिय उत्पादनलाई बजारिकरणका लागि डिजिटल मार्केटिङ तालिम दिने भएको छ ।
प्रत्येक वडाबाट १० जना लघु तथा घरेलु उद्यमीलाई तीन दिन डिजिटल मार्केटिङ सम्बन्धि तालिम पालिकाले दिन लागेको हो। त्यसको लागि विहिबार एक सुचना जारी गर्दै वडा कार्यालयलाई सात दिनभित्र लघु तथा घरेलु उद्यमी छनौट गर्न निर्देशन दिएको छ।
लघु तथा घरेलु उद्यमीले उत्पादन गरेका वस्तुहरुको दिगो बजारिकणले लघु उद्यमीको स्थायित्व निर्धारण गर्छन्। त्यसको लागि उत्पादित वस्तुहरुको प्रचारप्रसार, ग्राहकहरुको खोजी, विक्रि वितरण, प्रबन्ध, कच्चा पदार्थ उपकरणहरु स्थानिय बजारमा सहज बनाउनका लागि तालिम दिन लागेको नगरपालिकाले जनाएको छ ।