सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको हो । नगरपालिकाले एक सूचना जारी गर्दै पशु चिकित्सक र कृषि स्नातक पदमा २ जना कर्मचारी माग गरेको हो ।
नगरपालिकाको अनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले सो पदको लागि आवेदन दिन सक्ने छन् । सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।
आवश्यक कागजातसहित १००० रुपैयाँ तिरेर आवेदन दिन सक्ने छन् । आवेदकहरुबीच लिखित, मौखिक र प्रयोगात्मक प्रतिस्प्रर्धा गराई योग्य व्यक्तिलाई छनोट गरिने नगरपालिकाले जनाएको छ ।