close

गोदावरीमा नगर प्रमुख उत्कृष्ट किसान पुरस्कार कार्यक्रम

गोदावरीमा नगर प्रमुख उत्कृष्ट किसान पुरस्कार कार्यक्रम

Trulli
ADVERTISEMENT

ललितपुर । गोदावरी नगरपालिकाले नगर प्रमुख उत्कृष्ट किसान पुरस्कार कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

सूचना अनुसार न्यूनतम मापदण्ड पुरा गरेका कृषकले माघ १० गतेभित्र पालिकाको पशु सेवा शाखामा कार्यालय समयमा आवेदन दिन सक्ने छन् । 

कृषि क्षेत्रमा विभिन्न विधाको मापदण्डमा राखिएको छ । आवेदकले नागरिकताको प्रतिलिपि, प्यान नम्बरको प्रतिलिपि, फर्म दर्ता भएको प्रतिलिपि र आवेदनसहित निवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।