मोरंग । जहदा गाउँपालिकाले भोलि सार्वजनिक विदा दिएको छ । साथल समुदायको सोहराय पर्वको अवसरमा गाउँपालिकाले पुष २५ गते सार्वजनिक विदा दिएको हो ।
पालिका अन्तर्गतका कार्यापालिका, वडा कार्यालय र स्वास्थ्य शाखा अन्तर्गतका स्वास्थ्य चौकीहरुमा विदा हुने गाउँपालिकाले जनाएको छ । तर आकस्मिक सेवाहरु सञ्चालनमा आउने गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद साहले बताए ।
उनले सो पर्व मान्ने सबै समूदायलाई शुभकामना समेत दिएका छन् ।