काठमाडौं। गोकर्णेश्वर नगरपालिकाले कुक सम्बन्धी तालिम दिने भएको छ। नगरपालिकाले शुक्रबार एक सुचना जारी गर्दै पालिकाका स्थायिबासीलाई कुक तालिम प्रदान गर्ने जनाएको छ ।
नगरपालिकाले एक्सेल टुरिजम एकेडमी अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट प्रा.ली सँग गरेको सम्झौता अनुसार १८ जना नगरबासीलाई छ महिने कुकको तालिम दिन लागेको होे।
तालिम लिन योग्यता पुगेका इच्छुक नगरबासीले सुचना जारी भएको एक हप्ताभित्र नगरपालिकामा आवेदन दिन सुचनामार्फत नगरपालिकाले अनुरोध गरेको छ ।