ललितपुर । गोदावरी नगरपालिकाले महिला उद्यमी तथा महिला उद्यमी समूहलाई प्रविधि सहयोग गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै महिला उद्यमीलाई प्रविधि सहयोग गर्ने जनाएको हो ।
सूचना अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेशको एक महिला समूह र २० जना महिलालाई प्रविधि सहयोग गर्ने जनाएको छ ।
सो कार्यक्रममा सहभागी हुनका लागि इच्छुक महिला उद्यमी तथा महिला समूहले पुष १५ गतेभित्र नगरपालिकामा आवश्यक कागजातसहित सम्पर्क गर्न अनुरोध गरेको जनाइएको छ ।