close

बाल पोषण भत्ता वितरण गर्दै धनगढीमाई

बाल पोषण भत्ता वितरण गर्दै धनगढीमाई

Trulli
ADVERTISEMENT

सिराहा । धनगढीमाई नगरपालिकाले बाल पोषण भत्ता वितरण गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगरभित्रका बालबालिकालाई बाल पोषण भत्ता वितरण गर्ने जनाएको हो । 

सूचना अनुसार नगरपालिकाको आर्थिक वर्ष २०७९ र  ०८० को पहिलो र दोस्रो त्रैमासिक भत्ता वापतको रकम वितरण गर्न लागेको हो । भत्ता रकम पुस १४ गतेदेखि वितरण गरिने नगरपालिकाले जनाएको छ । 

नगरपालिकाको अनुसार भत्ता वडागत रुपमा वितरण गर्ने भएकोले सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको जनाएको छ ।