प्युठान । झिमरुक गाउँपालिकाले स्वास्थ्य शिविर गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै स्थानीय बासिन्दाको स्वास्थ्य परिक्षणको लागि शिविर आयोजना गर्न लागेको जनाएको छ ।
सूचना अनुसार आगामी ९ र १० गते वडा नम्बर ५ स्थित गौमुखी क्याम्पसमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको पालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले बताए ।
स्वास्थ्य निर्देशनालय बुटवल रुपन्देही र गाउँपालिकाको सहकार्यमा सो शिविर हुन लागेको उनले बताए । उनका अनुसार शिविरमा नाक, कान, घाँटी, स्त्री रोग, छाला रोग र विभिन्न रोगबारे सेवा सञ्चालन हुने छ ।