close

जग्गा पहिचानको लागि ७ दिने सूचना

जग्गा पहिचानको लागि ७ दिने सूचना

Trulli
ADVERTISEMENT

सिरहा । धनगढीमाई नगरपालिकाले जग्गा पहिचानको लागि अनुरोध गरेको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै जग्गा पहिचानको लागि अनुरोध गरेको हो । 

नगरपालिकाले नगरभित्र बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासी  र भूमिहीन दलित समुदायको जग्गा पहिचानको लागि सो सूचना प्रकासित गरेको जनाइएको छ । 

सूचना अनुसार सरोकारवाला निकायले सूचना प्रकासित भएको ७ दिनभित्र सम्बन्धित वडा कार्यालयलमा निवेदन दिन अनुरोध गरेको छ । 

जग्गाको निस्सा पत्र र घरमूलीका सक्कल नागरिकताको प्रतिलिपिसहित निवेदन दिनु पर्ने नगरपालिकाले जनाएको छ ।