सप्तरीको बोदे बरसाईन नगरपालिकाले नगरपालिकाभित्र रहेका पोखरीलाई अहिले जुन अवस्थामा छन् त्यहि अवस्थामा नै राख्नका लागि ठेक्का आह्वान गरेको छ ।
नगरपालिकाभित्र रहेका १३ ओटा पोखरिको आव २०७९/८० देखि २०८१/८२ सम्मको लागि रेखदेखको लागि नगरपालिकाले तोकेको कबुल रकम सहितको विवरण सहित शिलबन्दी दरभाउ पत्र आह्वान गरेको हाे ।
नगरपालिकाले तोकेको शर्तअनुसार कुनैपनि इच्छुक व्यक्ति, फर्म वा कम्पनीले शिलबन्दी दरभाउ पत्र दिन सक्नेछन्।