भक्तपुर । सूर्यविनायक नगरपालिकाले अस्थायी संरचना हटाउन आदेश दिएको छ । नगरपालिकाको वडा नम्बर १ले एक सूचना जारी गर्दै अस्थायी संरचना हटाउन निर्देशन दिएको हो ।
वडा नम्बर १ सिरुटारमा उपत्यका विकास प्राविधिकरण भक्तपुरबाट टेण्डर भई बिरुवा बसपार्कबाट विरुवा पिपलबोटसम्म सडक विस्तार गर्न लागेकोले अस्थायी संरचना हटाउन निर्देशन दिएको हो ।
सो योजना तत्काल सुरु हुने भएकाले चाँडै संरचना हटाउनु पर्ने सो सूचनामा उल्लेख गरिएको छ ।