पाल्पा । रामपुर नगरपालिकाले कृषि उपज संकलन केन्द्रको सटर भाडामा लगाउने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सटर भाडामा लगाउने जानकारी दिएको हो ।
सूचना अनुसार केन्द्रमा रहेका ८ वटा सटर भाडामा लगाइने छ । नगरपालिकाको वडा नम्बर ५ मा रहेको सो केन्द्रको प्रति सटर मासिक ३५०० रुपैयाको दरले भाडामा लगाउने पालिकाले जनाएको छ ।
सटर भाडामा दिन चाहने व्यक्ति वा संस्थाले सूचना प्रकासित भएको ७ दिनभित्र पालिकामा आवेदन दिन सोही सूचना मार्फत अनुरोध गरेको छ ।