म्याग्दी । बेनी नगरपालिकाले प्रथम चौमासिकको सार्वजनिक सुनुवाई गर्ने भएको छ । आइतबार नगरपालिकाले एक सूचना जारी गर्दै सार्वजनिक सुनुवाई गर्ने जानकारी दिएको हो ।
सूचना अनुसार सार्वजनिक सुनुवाई आगामी पुष ४ गते बिहान ११ बजे बेनपा तातोपानीमा हुने छ ।
कार्यक्रममा २०७९ ०८० को चौमासिकमा भएको विकास निर्माण कार्यबारे छलफल हुने पालिकाले जनाएको छ ।