close

सार्वजनिक कार्यक्रममा सहभागी हुन चाँगुनारायणको अनुरोध

सार्वजनिक कार्यक्रममा सहभागी हुन चाँगुनारायणको अनुरोध

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिकाले सार्वजनिक सुनुवाईमा सहभागी हुन अनुरोध गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै नगरभित्रका राजनीतिक दल, नागरिक समाज, विज्ञलाई सहभागी हुन  अनुरोध गरेको हो । 

सूचना अनुसार आथिर्क वर्ष २०७८/०७९  तथा चालू आर्थिक वर्ष सञ्चालनमा आएको योजनाहरुको गुनासो र सुझावको लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो । 

कार्यक्रम मंसिर २९ गते वडा नम्बर १ चाँगुनारायण माध्यमिक विद्यालयको प्राङ्गणमा हुने पालिकाले जनाएको छ ।