धनुषा । मधेश प्रदेश सरकारले भोलि सोमबार सार्वजनिक विदा दिएको छ । विवाह पञ्चमीको अवसरमा सोमबार सार्वजनिक विदा दिएको हो ।
प्रदेश सरकारले आइतबार एक सूचना जारी गर्दै सार्वजनिक विदा दिएको हो ।
विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा मेला लाग्ने गर्छ । सो दिन देशविदेशबाट जनकपुरधाममा पुग्ने गर्छन् ।