बैतडी । पाटन नगरपालिकाले भोलि (बुधबार) सार्वजनिक विदा दिएको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको हो ।
सूचनाअनुसार नगरपालिकाको वडा नम्बर २ स्थित श्रीमहारुद्र मन्दिरमा मंगलबार बेलुका र बुधबार बिहान मेला लाग्ने भएकाले नगरप्रमुख स्तरीय निर्णय अनुसार सार्वजनिक बिदा दिइएको हो ।
सो दिन पालिकाअन्तर्गतका सरकारी तथा गैर सरकारी संस्था र शैक्षिक संस्था बन्द हुने सो सूचनामा उल्लेख गरिएको छ ।