काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाले कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गरेको छ ।
काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाको अभ्यासलाई पछ्याउँदै शिवराज नगरपालिकाले पनि कार्यपालिका को प्रत्यक्ष प्रशारण आजैबाट सुरु भएको उपमेयर शिवकुमारी चौधरीले जानकारी दिइन् ।
उनका अनुसार आजैबाट यतिखेर कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण भइरहेको छ । नगरपालिकाका समग्र गतिविधिमा पारदर्शिता ल्याउन कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गरेको उपमेयर चौधरीको भनाइ छ ।