close

पथरी नगर अस्पतालमा ओपिडी सेवा अवधि थप

पथरी नगर अस्पतालमा ओपिडी सेवा अवधि थप

Trulli
ADVERTISEMENT

काठमाडौं । पथरी शनिश्चरे नगरपालिकामा अवस्थित पथरी नगर अस्पतालमा ओपिडी सेवा अवधि थप भएको छ । 

नगर अस्पतालमा बिरामीको अत्यधिक चापलाई मध्यनजर गर्दै अस्पताल व्यवस्थापन समितिको निर्णयबमोजिम ओपिडी सेवा अवधि थप गरिएको अस्पतालले एक सूचना जारी गरी जानकारी दिएको छ । 

‘बिरामीको अत्यधिक चापलाई मध्यनजर गर्दै अस्पताल व्यवस्थापन समितिको निर्णयबमोजिम हालको दिवा सेवा ओपिडी सेवालाई थप गर्दै मिति २०७९ कातिक १ गतेदेखि  बिहान ७ बजेदेखि विस्तारित ओपिडी सेवा सुरु गरिएको जानकारी गराइन्छ,’ जारी सूचनामा भनिएको छ, ‘सो सेवाअन्तर्गत दैनिक ओपिडी, ल्याब, एक्सरे, रेफर रहनेछन् ।

साथै अन्य सेवाहरू १०देखि ५ बजेसम्म यथावत रहनेछन् ।