close

इन्टरनेट जडानका लागि दररेट पेस गर्न गोलबजारको अनुरोध

इन्टरनेट जडानका लागि दररेट पेस गर्न गोलबजारको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । सप्तरीको गोलबजार नगरपालिकाले इन्टरनेट सञ्चालन कम्पनीलाई दर रेट पेस गर्न अनुरोध गरेको छ । 

 बिहीबार एक सूचना जारी गरी नगरपालिकाको सम्बन्धित कम्पनीलाई यस्तो अनुरोध गरेको हो । 

‘ यस नगरपालिकाको कार्यालय लगायत सम्पूर्ण वडा कार्यालयहरुमा (८) नेट जडान गर्नुपर्ने भएकोले इच्छुक फर्म/ कम्पनीले (१५९) नेट जडानका सुविधा समेत उल्लेख गरी ७(सात) दिन भित्र दररेट यस कार्यालयमा पेश गर्न सम्बन्धीत सबै लाई जानकारी गराइन्छ,’ जारी सूचनामा उल्लेख छ ।

यस्तै, बर्दिबास नगरपालिकाले पनि इन्टरनेट जडानका लागि दरभाउपत्र पेस गर्न आह्वान गरेको छ । 

‘यस नगरपालिकाको वडा नम्बर ४,५,१० र ११को वडा कार्यालयमा इन्टरनेट सेवा सञ्चालन गर्नुपर्ने भएकाले इच्छुक सस्ताहरूलाई तीन दिनभित्र दरभाउपत्र पेस गर्नुहुन अनुरोध गरिन्छ जारी सूचनामा भनिएको छ ।