काठमाडौं । धरान उपमहानगर पालिकाका प्रमुख हर्क साम्पाङले नगरवासीलाई काममा फर्किन अनुरोध गरेका छन् ।
शुक्रबार एक सामाजिक सञ्जालमार्फत् उनले नगरवासीलाई पौरखीको उपमा दिँदै काममा फर्किन अनुरोध गरेका हुन् ।
‘अब दशैँ सकियो । काममा फर्कौँ है पौरखी हो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।
यस्तै, उनले आज बेलुका ५ बजे रत्न चोकमा लागुऔषध दुर्व्यसनविरुद्धको जनचेतना फैलाउने कार्यक्रम रहेकाले सबैलाई भेला हुन पनि अनुरोध गरेका छन् ।