close

अखाद्य सामग्री विक्री भएको पाए प्रहरीलाई खबर गर्न अनुरोध

अखाद्य सामग्री विक्री भएको पाए प्रहरीलाई खबर गर्न अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । भानु नगरपालिकाले चाडपर्वको अवसरको मौका छोपी विभिन्न उपभोग्य सामग्रीका उत्पादक, वितरक तथा व्यवसायीले कालोबजारी, म्याद सकिएका सामग्री विक्री वितरण गरेको पाए प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ । 

नगरले एक सूचना जारी गरी सर्वसाधरणलाई यस्तो अनुरोध गरेको हो । 

चाडपर्वको अवसरको मौका छोपी विभिन्न उपभोग्य सामग्रीका उत्पादक, वितरक तथा व्यवसायीले खपत हुने सामग्रीहरुमा तोकिएको मूल्यभन्दा बढी मूल्य लिएको, कम गुणस्तरका सामग्रीहरु विक्रि बितरण गरेको, कालो बजारीलाई प्रश्रय दिएको, तोकिए भन्दा बढी गाडी भाडा असुल गरेको भन्ने जनगुनासो समेत प्राप्त भएकोले  कहीँ कतैबाट यसप्रकारका अवाञ्छित, अनधिकृत र गैरकानूनी गतिविधि तथा काम कारवाही नगर्नु नगराउनु हुन म सम्बद्ध सबै पक्षलाई हार्दिक अनुरोध गर्दछु । हरेक व्यवसाय सञ्चालन गर्दा इमान्दारिता, व्यावसायिकता, उच्च नैतिक आचरण प्रदर्शन गर्दै सेवाभावले सामाजिक दायित्व निर्वाह गर्न म सबै पक्षलाई आग्रह गर्दछु ,’जारी सूचनामा उल्लेख छ ।