close

तलब जम्मा गर्न खाता नम्बर माग्यो जीतपुरसिमराले

तलब जम्मा गर्न खाता नम्बर माग्यो जीतपुरसिमराले

Trulli
ADVERTISEMENT

काठमाडौं । जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने विद्यालयहरूलाई त्रैमासिक तलब भत्ता निकासा प्रयोजनका लागि खाता नम्बर उपलब्ध गराउन अनुरोध गरेको छ । 

उपमहानगरले एक सूचना जारी गरी त्रैमासिक तलब भत्ता निकासा प्रयोजनका लागि खाता नम्बर, चेकको फोटोकपी र पान नम्बर  शिक्षा शाखामा उपलब्ध गराउन अनुरोध गरेको हो । 

‘यस उपमहानगरपालिका अन्तर्गत रहेको तपशिल अनुसारको विद्यालयहरुले आ.व.२०७९/८० को प्रथम त्रैमाशिक तलब भत्ता निकासा प्रयोजनका लागि खाता नं. र नाम प्रष्ट देखिने गरी चेकको फोटोकपी र पान नं. को फोटोकपी हेडमास्टर ग्रुप वा शिक्षा तथा खेलकुद महाशाखामा तुरुन्त उपलब्ध गराइदिनुहुन अनुरोध छ,’ जारी सूचनामा भनिएको छ । 

यस्तै, उपमहानगरले  डेङ्गु नियन्त्रणका लागि सबै वडालाई  आफ्नो क्षेत्रभित्रका माध्यमिक विद्यालयका शिक्षक, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्‌ सेविका, समाजिक कार्यकर्ताहरुको साथै जनस्वास्थ्य प्रवर्दन शाखासँग समन्वय गरी एक हप्ताभित्र कार्ययोजनाका कार्यक्रमहरु सञ्चालन गर्न/गराउन अनुरोध गरेको छ ।