विराटनगर महानगरपालिकामा असोज २गते सार्वजनिक बिदा दिएको छ ।
काठमाडौं । विराटनगर महानगरपालिकाले असोज २ गते सार्वजनिक बिदा दिएको छ ।
महानगरले एक सूचना जारी गरी मधेसी, थारू, मैथिली समुदायलगायत तराइवासी महिलाहरूले मनाउने विशेष पर्व जितियाको पावन अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।
यस महानगरपालिकाको मिति २०७९/०५/३१ को निर्णयानुसार मधेसी, थारू, मैथिली समुदायलगायत तराइवासी महिलाहरूले मनाउने विशेष पर्व जितियाको पावन अवसरमा मिति २०७९/०६/०२ गते अत्यावश्यक सेवाबाहेक विराटनगर महानगरपालिका, नगरकार्यपालिकाको
कार्यालय र मातहतका सबै कार्यालयहरू एवम् शैक्षिक संस्थाहरूमा सार्वजनिक विदा हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ,’ जारी सूचनामा उल्लेख छ ।