काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिकाले राष्ट्रिय परिचयपत्र अभियानमा सरिक हुन अनुरोध गरेको छ । नगरले एक सूचना जारी गरी आफ्ना नगरवासीलाई परिचयपत्र बनाउन अनुरोध गरेको हो ।
‘यस धनगढीमाई नगरपालिकामा मिति २०७९ । ०५ । २९ गते देखि राष्ट्रिय परिचयपत्र अभियान सुचारु भएकाले यस नगरपालिकामा बसोबास गर्ने सम्पूर्ण नगरबासीहरुमा यस अभियानमा सहभागी भई तपशिलको समय र स्थानमा सेवा लिनुहुन अनुरोध छ,’ जारी सूचनामा भनिएको छ ।