close

बालबालिकाको विशेष ख्याल गर्न ठाकुरबाबा नगरको विशेष अनुरोध

बालबालिकाको विशेष ख्याल गर्न ठाकुरबाबा नगरको विशेष अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । बाराकाे ठाकुरबाबा नगरपालिकाले आफ्ना बालबालिकाको विशेष ख्याल गर्न अनुरोध गरेको छ ।

एक सूचना जारी गरी नगरपालिकाले  पछिल्लो समय भारतबाट आउने विभिन्न अपरिचित व्यक्तिबाट बालवालिकालाई प्रलोभन देखाएर अपहरण गरेको भन्दै बालबालिकालाई आफ्ना बालबालिकाको विशेष ख्याल गर्न अनुरोध गरेको हो । 

‘घरबाट उठाएर वा ललाई फकाइ गरेर अन्य मुलुकमा लैजाने तथा विक्री वितरण गर्नेसम्बन्धी विभिन्न सामाजिक सञ्जाल तथा जनगुनासोमार्फत् सूचना प्राप्त भइरहेको हुँदा ठाकुरबाबा नगरपालिकाका सम्पूर्ण नगरवासीहरूलाई सावधानी अपनाउँदै आफ्नो घर तथा घर वरपर रहेका बालवालिकाहरुको विशेष ध्यान राख्नुहुन र कहीँकतै त्यसता अपरिचित व्यक्तिहरू देखा परेमा वा अपरिचित व्यक्ति माथि शड्डा लागेमा नजिकको प्रहरी कार्यालय तथा वडा कार्यालयमा जानकारी गराउनुहुन अनुरोध गरिन्छ ।’