काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिकाले बजार व्यवस्थापन प्रक्रिया अघि बढाएको छ । नगरपालिकाले बजार व्यवस्थापनका लागि सूचना निकाले र बजार व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ ।
नगरद्वारा जारी सूचनामा फुटपाथमा व्यापार नगर्न अनुरोध गरिएको छ । अटेरी गरे कानुनी कारबाही हुने जारी सूचनामा उल्लेख छ ।
यसअघि काठमाडौं महानगरले सडकपेटी खाली गराएको थियो ।