close

सूर्यविनायकले तोक्यो अन्तर्वार्ताको मिति

सूर्यविनायकले तोक्यो अन्तर्वार्ताको मिति

Trulli
ADVERTISEMENT

भक्तपुर । सूर्यविनायक नगरपालिकाले अन्तर्वार्ता मिति तोकेको छ । नगरपालिकाद्धारा सञ्चालित नगरअस्पतालको मालि कुचीकार पदका उम्मेद्वारीहरुको अन्तरवार्ता मिति तोकेको हो । 

 नगरपालिकाले एक सूचना जारी गर्दै आगामी ९ गते विहीबार अन्तरर्वार्ता मिति तय गरेको छ । जगातीस्थित सूर्यविनायक नगर अस्पताल भवनमा विहान १० बजेदेखि अन्तर्वार्ता हुने पालिकाले जनाएको छ । 

उम्मेद्वारीले प्रवेश पत्र, शैक्षिक योग्यताको सक्कल प्रमाणपत्र र नागरिकता लिएर अन्तवार्तामा सहभागी हुन पालिको जनाएको छ ।

केही संख्याको लागि पालिकाले केही समयअगाडि दरखास्त आह्वान गरेको थियो । जसमध्ये २५ जना अन्तर्वार्ताको लागि छनोट भएका छन् । अन्तवार्ता विहान १० बजे र १२ बजे हुने पालिकाले जनाएको छ ।