काठमाडौं । टोखा नगरपालिका-८ ले खानेपानी तथा ढल जडानका लागि वडा कार्यालयसँग स्वीकृत लिन अनुरोध गरेको छ ।
वडाका विभिन्न स्थानमा वडा कार्यालयको सिफारिसविना खानेपानी तथा ढल निकासको कार्य भइरहेको जनगुनासो आए को भन्दै वडा कार्यालयले यस्तो अनुरोध गरेको हो ।
वडाभित्र विभिन्न स्थानमा सिफारिस नलिएर खानेपानी जडान तथा ढल निकासा तथा मर्मत कार्य गर्दै आएको छ ।
वडासँग स्वीकृत नलिई खानेपानी जडान र ढल निकास गरेमा वडाकार्यालयले कारबाही गरिने वडाध्यक्ष रमेश खत्रीले बताए ।