खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले तीन जना गाउँ प्रहरी छनोट गरेको छ ।
गाउँ प्रहरीका लागि ३५ जनाको आवेदन परेकोमा कर्मचारी पदपूर्ति समितिको सोमबारको निर्णय अनुसार मिलन राय, साजन राई र नहेमियाँ राई गाउँ प्रहरीमा सिफारिस भएका हुन् ।
सिफारिस भएका नीत जनालाई सात दिनभित्र नियुक्तिको लागि गाउँ कार्यपालिकाको कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए ।
गाउँ कार्यपालिकाको गत ५ असारमा बसेको बैठकको निर्णय तथा गाउँपालिकाको गाउँ प्रहरी व्यवस्थापन कार्यविधि २०७५ अनुसार एक महिला र दुई पुरुष गाउँ प्रहरीको पदपुर्ति भर्नाका लागि ७ असारमा आवेदन खुलाइएको थियो ।
२१ असारसम्म दरखास्त म्याद दिइएकोमा २९ पुरुष र ७ महिलाको आवेदन परेको थियो । ऐसेलुखर्क गाउँपालिकाले कार्यालय सहयोगी सरह सेवा सुविधा पाउनेगरी १४ फागुन २०७६ मा जिल्लामै पहिलोपल्ट तीन जना गाउँ प्रहरी भर्ना गरेको थियो ।
तर कार्यसम्पादनमा चित्त नबुझेको भन्दै दुई गाउँ प्रहरीलाई सेवाबाट हटाएको केही समयपछि पदपुर्ति गरिएको हो । हाल गाउँपालिकामा एक जना मात्र गाउँ प्रहरी कार्यरत छन् ।