close

चुलाचुलीद्वारा सबै विद्यालयलाई निर्धारित समयमा सामाजिक परीक्षण गराउन आग्रह

चुलाचुलीद्वारा सबै विद्यालयलाई निर्धारित समयमा सामाजिक परीक्षण गराउन आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौं । इलामको चुलाचुली नगरपालिकाले पालिकाभित्रका सबै  सामुदायिक विद्यालयलाई सामाजिक परिक्षण सम्पन्न गर्न आग्रह गरेको छ । 

पालिकाले आइतबार एक सूचना जारी गरी पालिकाभित्रका सबै विद्यालयलाई निर्धारित समय सीमाभित्र सामाजिक परीक्षण गर्न आग्रह गरेको हो । 

गाउँपालिकाको शिक्षा ऐन, २०७६ को परिच्छेद–१४ दफा ५९ले तोकेको समयसिमा भित्र विद्यालयको सामाजिक परिक्षण मापदण्ड, २०७८ को परिधिमा रहि विद्यालयको सामाजिक परक्षण सम्पन्न गराउनू जारी सूचनामा उल्लेख छ ।