काठमाडौं । बर्दिबास नगरपालिकाले कर्मचारी पदपूर्तिका लागि दर्खास्त आह्वान गरेको छ ।
हेल्भाटस नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन (समी) परियोजना सञ्चालनको लागि मनोसामाजिक परामर्शकर्ता वित्तीय साक्षरता हजकर्ता र आंशिक कर्मचारीसहित पाँच पदका लागि दर्खास्त आह्वान गरेको हो ।
लिखित अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा सञ्चालनमार्फत् कर्मचारी छनोट गर्ने नगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कार्यावधि २०८०असार मसान्तसम्म रहने नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।