close

आज जुलाइ सुपरमून : चन्द्रमा उदाउँदा अनौठो दृश्य देखिने

आज जुलाइ सुपरमून : चन्द्रमा उदाउँदा अनौठो दृश्य देखिने

Trulli
ADVERTISEMENT

जुलाई १३ अर्थात आज बुधबारको साँझ अन्य दिन भन्दा आकाशमा चन्द्रमा उदाउँदा केही अनौठो दृश्य देखिनेछ ।

वर्ष २०२२ को अन्य दिन भन्दा आजको दिन आकाशमा चन्द्रमा ठूलो र उज्यालो देखिनेछ । यसलाई वैज्ञानिकहरुले जुलाई सुपरमुन नाम दिइएका छन । 

वास्तवमा यो समय चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक अर्थात ३ लाख ५७ हजार २६४ किलोमिटरको दुरीमा आउने छ । अन्य समयमा सो दुरी ३ लाख ८४ हजार ४ सय किलोमिटर रहन्छ ।
  
इन्डिपेन्डेन्टको एक रिपोर्ट अनुसार सुपरमुनका कारण भोली चन्द्रमा अन्य दिनको तुलनामा करिब १४ प्रतिशत ठुलो र ३० प्रतिशतले यसको चमक बढ्नेछ ।

यति मात्र होइन आजको चन्द्रमा २४ घण्टासम्म वर्षका अन्य दिन भन्दा ठूलो र उज्यालो देखिनेछ । तर आज राती जुलाई  १३ को मध्यरात १२ बजेर ८ मिनेट जादा चन्द्रमा सबैभन्दा ठूलो दृश्य देखिनेछ । 

यो अवधिमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउने छ । आगामी तीन दिनसम्म आकाशमा चन्द्रमा पूर्णिमा झै देखिनेछ ।