close

शुभकालीका गाउँपालिकाका कर्मचारीको करार सम्झौता नविकरण नहुने

शुभकालीका गाउँपालिकाका कर्मचारीको करार सम्झौता नविकरण नहुने

Trulli
ADVERTISEMENT

कालिकोट । शुभकालीका गाउँपालिका अन्तर्गत गाउँपालिकाको कार्यालय, अस्पताल तथा विद्यालयमा विभिन्न पदमा करार सम्झौतामा कार्यरत कर्मचारीको करार सम्झौता नविकरण नहुने भएको छ ।

'गाउँपालिकाको खूद समानीकरण अनुदानबाट तलब भत्ता भुक्तानी भई २०७४ सालदेखि करारमा कार्यरत कर्मचारीको आगामी साउन १ गतेगतेदेखि करार सम्झौता नविकरण तथा करार सम्झौता थप नहुने' गाउँ कार्यपालिकाले निर्णय गरेको हो ।

गाउँपालिकाले सूचना जारी गर्दै 'करारमा काम गरिरहेका कर्मचारीहरुलाई अर्को निर्णय नभएसम्म कार्यालय, अस्पताल तथा विद्यालयमा हाजिर भई कामकाज नगर्न' भनेको छ । 

'नियम बमोजिमको निर्णय बाहेक हाजिर भएमा तलब सुविधा सम्बन्धमा स्वयं जिम्मेवार हुनुपर्ने' गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केन्द्र बहादुर शाहीले बताए ।

करार सम्झौता नविकरण नहुने कर्मचारीहरुः

१. अहेब अनमी, ल्याब कर्मचारी कार्यालय सहयोगी लगायत अन्य कर्मचारीहरु 

२. स्वास्थ्य शाखाका हे.अ., अ.हे.व., अनमी, नर्स र कार्यालय सहयोगहरु लगायत अन्य कर्मचारीहरु

३. वडा कार्यालयका कार्यालय सहयोगीहरु

४. गाउँपालिकाको कार्यालयमा कार्यरत करारका सबै कर्मचारीहरु

५. गाउँपालिकाको अनुदानबाट तलब खाने सबै तहका करार शिक्षकहरु र बालबिकास केन्द्रका सबै सकाहरु 

६. कृषि शाखा तथा पशु सेवा शाखाका पालिका अनुदानका प्रा.स. तथा ना.प्रा.स. कार्यालय सहयोगीहरु