नगर क्षेत्रमा व्यवसाय दर्ता, नवीकरणलगायत राजश्व संकलन र अभिलेख व्यवस्थापनका लागि घरदैलो अभियान गर्न गाेकर्णेश्वर नगरपालिकाले कर्मचारी माग गरेकाे छ ।
सहायक स्तरमा पाँचौँ तह सरहको मासिक सुरु तलब स्केलले पारिश्रमिक उपलब्ध गराउने गरी बढीमा ३ जना महिलाका लागि नगरपालिकाले कर्मचारी माग गरेको छ।
शैक्षिक योग्यता र नागरिकता प्रमाणपत्रको प्रतिलिपिसहित सूचना प्रकाशन भएको सात दिनभित्र इच्छुक व्यक्तिले निवेदन पेस गरिसक्नुपर्नेछ ।
सूचनाकाे विवरण :