close

बराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता सम्पन्न

बराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता सम्पन्न

Trulli
ADVERTISEMENT

सुनसरी - दोस्रो संस्करणको वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको २०८० मा वडा नम्बर १ ले जितेको छ । शुक्रबार भएको प्रतियोगितामा वडा नम्बर ५ लाइ हराई वडा नम्बर १ प्रथम भएको हो । 

बराहक्षेत्र नगरपालिकाको आयोजनामा भएको प्रतियो्गितामा वडा नं.५ लाई वडा नं.१ ले शून्यको विरुद्ध दुई गोल गरी प्रथम भएको पालिकाले जनाएको छ ।  यसैगरी दोस्रो वडा नम्बर र तेस्रो वडा नम्बर ३ भएको गाउँपालिकाको शिक्षा खेलकुद तथा युवा शाखाले जनाएको छ । 

प्रतियोगिताका विजेतालाई क्रमश  दुई लाख दुई हजारसहित ट्रफी एक लाख एक हजार र ५१ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरेको छ । वडा नम्बर ३ गत वर्ष विजेता टीम बनेको थियो ।