मोरङ - मिक्लाजुङ गाउँपालिकामा १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगिताका् उद्घाटन गरी सुरु भएको हो ।
प्रतियोगिता वडा नम्बर ७ स्थित खेलमैदानमा हुने गाउँपालिकाको शिक्षा शाखाका प्रमुख काशीनाथ खनालले बताए । गाउँपालिकाले केही समयअघि देखि नै पालिकास्तरका विद्यालयमा विभिन्न प्रतियोगिता गर्दै आएको उनको भनाइ छ ।
प्रतियोगिता माघ २३, २४ र २५ गतेसम्म सञ्चालन हुने उनले पालिकाखबरलाई सुनाए । प्रतियोगितामा गाउँपालिकाभित्रका १३ वटा विद्यालयका १३५ जना विद्यार्थीको सहभागिता रहेको उनले बताए ।
गाउँपालिकाले एथलेटिक्सको ट्रयाक र फिल्डका सम्पूर्ण खेल र भलिबल गरी १४ वटा विधामा प्रतियोगिता सञ्चालन गरिने छ । प्रतियोगितामा विजेता तथा उपविजेता विद्यालय तथा विद्यार्थीलाई माघ २५ गते पुरस्कृत गर्ने उनले सुनाए ।