close

नेपालले पायो १४६ रनको सामान्य लक्ष्य

नेपालले पायो १४६ रनको सामान्य लक्ष्य

Trulli
ADVERTISEMENT

काठमाडौं- आईसीसी यू–१९ विश्वकप २०२४ मा सुपर सिक्समा पुग्न नेपालले १४६ रनको मध्यम लक्ष्य पाएको छ । 

दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अल आउट भयो । अफगानिस्तानलाई सस्तैमा समेट्न तीव्र गतिका बलर आकाश चन्दले ५ विकेट लिए । 

दीपेश कँडेलले ८ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । गुलशन झाले ८ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर १ विकेट लिए । सुवास भण्डारीले ८.१ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । तिलक भण्डारीले ८ ओभरमा १ मेडनसहित २८ रन खर्चेर १ विकेट लिए ।