काठमाडौं- म्यानचेस्टर युनाइटेड युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।
खराब सिजनबाट गुज्रिरहेको युनाइटेड मंगलबार बायर्न म्युनिखसँग १–० ले पराजित भएसँगै युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।
किङ्ग्सी कोमनले ७० औं मिनेटमा गरेको गोल नै बार्यनका लागि निर्णायक बन्यो ।