काठमाडौं - आइसिसी टी - २० विश्वकप एसिया छनोटमा नेपाल ओमनसँग पराजित भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा ओमानविरूद्ध नेपाल ५ विकेटले पराजित भएको हो ।
यससँगै नेपाल समूह उपविजेता बनेको छ । ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएर नेपालले ९ विकेटको क्षतिमा १४० रन बनाएको छ ।
नेपाललाई पराजित गरेसँगै ओमन समूह विजेता बनेर अन्तिम चारमा पुगको छ भने नेपाल समुह उप बिजेता बनेको छ । नेपालले सेमिफाइनल युएईसँग खेल्ने छ ।