close

विश्वकप छनौटमा नेपालको लगातार विजयी : मलेसिया पराजित

विश्वकप छनौटमा नेपालको लगातार विजयी : मलेसिया पराजित

Trulli
ADVERTISEMENT

काठमाडौं- आईसीसी टी-२० विश्वकपको एसिया छनोटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । 

नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका हुन् । समान चार अंक भए पनि नेपाल नेटरनरेटका कारण शीर्षस्थानमा छ ।

जितको लागि १६६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कुशल मल्लले सर्वाधिक ६५ रन बनाए । नेपाललाई ओपनर कुशल भुर्तेलले ४३ रन जोड्दै आउट भए । अर्का ओपनर आसिफ शेख ३२ रनमा कट एण्ड बोल्ड आउट भए ।

रोहित पौडेल २ रनमा आउट भए । सन्दीप जोरा १८ र विवेक यादव २ रनमा अविजित रहे । मलेसियाका अमिर अजिमले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । पवनदीपको नाममा १ विकेट रह्यो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको थियो । समूह ए मा नेपालले अन्तिम खेल बिहीबार ओमानसँग खेल्नेछ । उक्त खेलले समूह ए को विजेता र उपविजेता निर्धारण गर्नेछ ।