close

टी–२० विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

टी–२० विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

Trulli
ADVERTISEMENT

काठमाडौं- टी–२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक मोन्टी देसाईले घोषणा गरेको टोलीमा कप्तान रोहितकुमार पौडेलसँगै कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अविनास बोहरा, प्रतिश जीसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी छन् ।

टोलीमा परिवारलाई समय दिने भन्दै त्रिदेशीय टी–२० शृङ्खला नखेलेका सन्दीप लामिछाने पनि टोलीमा फर्किएका हुन् । आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोट सोमवारदेखि आउँदो २० गतेसम्म नेपालको मूलपानी र त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।

समूह 'ए' मा नेपाल, सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह 'बी' मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आउँदो वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्व कप खेल्न पाउनेछन् ।