close

युइईले जित्यो त्रिकोणात्मक सिरिजको उपाधि, नेपाल फाइनलमा पराजित

युइईले जित्यो त्रिकोणात्मक सिरिजको उपाधि, नेपाल फाइनलमा पराजित

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपालमा जारी त्रिकोणात्मक टि२० आई सिरिजको उपाधि युइई जितेको छ । फाइनलमा युइईले नेपाललाई ४ विकेटले पराजित गरेको हो । 

नेपालले प्रस्तुत गरेको १६३ रनको लक्ष्य यूएईले ६ विकेट गुमाएर १ बल अगावै पूरा गर्‍यो । कप्तान समेत रहेको ओपनर मुहमद वासिमले २२ बलमा ४५ रन बनाएर यूएईलाई राम्रो सुरुवात दिलाएका थिए । अर्का ओपनर आयांश शर्माले २५ र वृत्य अरविन्दले २६ रनको योगदान दिएका थिए । 

बसिल हमिदले अविजित २२ रन जोड्दै यूएईलाई जितसम्म डोर्याए । उनले अन्तिम बलमा चौका प्रहार गर्दै यूएईलाई जित दिलाएका हुन् । नेपालका गुल्सन झा र अविनाश बोहराले समान २ तथा कुशल मल्लले १ विकेट लिए ।

कीर्तिपुरको त्रिवि मैदानमा यूएईले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नेपालले ८ विकेटको क्षतिमा १६२ रन बनायो । 

ओपनर कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाए । आसिफ शेख ७, कुशल मल्ल १, रोहित पौडेल १८, दिपेन्द्र सिंह ऐरी २०, सन्दीप जोरा ५, गुल्सन झा ५, सोमपाल कामीले १३ रन बनाए । 

करन केसीले १७ बलमा २३ रन बनाउँदै नेपालको इनिङ्सलाई केही उकासेका थिए । अविनाश बोहोरा शुन्य रनमा अविजित रहे ।