काठमाडौं- काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० श्रृखलाअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले २१३ रन बनाएको छ ।
खराब सुरुआत गरेको नेपालको पारी पाँचौ नम्बरमा आएका मल्ल र छैटौं नम्बरमा आएका दीपेन्द्र सिंह ऐरीले सम्हालेका थिए । कुशलले ४१ बलमा ९२ रन बनाउँदा दीपेन्द्रले ३४ बलमा ५७ बनाए ।
यसअघि नेपालले ५५ रन जोड्दा ४ विकेट गुमाएको थियो । त्यसपछि मल्ल र दीपेन्द्रले नेपालको इनिङ सम्हाल्दै उत्कृष्ट प्रदर्शन गरेका हुन् ।