close

सिद्धिचरणमा अब एक वडा एक खेलमैदान

सिद्धिचरणमा अब एक वडा एक खेलमैदान

Trulli
फाइल फोटो
ADVERTISEMENT

ओखलढुङ्गा– सिद्धिचरण नगरपालिकाले खेलकुद र खेलाडी उत्पादनमा जोड दिने कार्यक्रमलाई नीतिगत रुपमा पहल गरी काम थालेको छ ।  नगरपालिकाले खेलाडी उत्पादनका लागि समय-समयमा खेलकुद प्रतियोगिता पनि आयोजना गर्दै आएको छ । 

विद्यालयस्तरबाटै विद्यार्थीलाई खेलकुदमा प्रोत्साहन गर्न राष्ट्रपति रनिङ शिल्ड, अन्तर विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने गरेको पालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख फणिन्द्रबहादुर कटवालले बताए । नगरपालिकाले नरस्तरीय खेलकुद कार्यक्रम सञ्चालन गरेर खेलकुदलाई प्रोत्साहन गर्ने नीति लिएको छ । सो अनुसार समय समयमा नगरस्तरीय फुटबल, भलिबल प्रतियोगिता आयोजना गरिने उनले पालिकाखबरलाई सुनाए । 

नगरपालिकाले एक वडा एक खेलकुद मैदान बनाउनेसमेत लक्ष्य लिएको उनले बताए । ‘गत वर्ष केही वडामा खेलमैदान बनायौँ । बाँकी वडामा यस वर्ष बनाउने कार्यक्रम छ,’ उनले भने ।