खोटाङ। केपिलासगढी गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ।
गाउँपालिकाले आइतबार एक सुचना जारी गर्दै वडा नं ४ स्थित पृथ्वी मावीको खेल मैदानमा यही फागुन ७, ८ र ९ गते प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ। खेलमा विद्यार्थीहरुलाई सहभागि गराउन पालिकाभित्रका सम्पुर्ण माध्यमिक विद्यालयलाई अनुरोध गरेको छ ।
कार्यक्रममा छात्र र छात्रा तर्फ भलिबल, दौड, हाइजम्प, लङजम्प, ट्रिपलजम्प, सटफुट, ज्याभलिङ थ्रो, कवड्डीमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा हुने छ।