रामेछाप। उमाकुण्ड गाउँपालिकाले तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २०७९ भब्य रुपमा सम्पन्न गरेको छ ।
गएको माघ २२ देखि २४ गते गरि ३ दिनसम्म सञ्चालन भएको राष्ट्रपती रनिङ सिल प्रतियोगिता गाउँपालिकाको अध्यक्ष शेर बहादुर सुनुवारको अध्यक्षमा प्रतिनिधि सभा सदस्य माननीय पूर्णबहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
जसमा गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठका साथै वडाका जनप्रतिनिधि तथा पालिका भित्रका ४६ वटा विद्यालयका प्रधानाध्यापक शिक्षक तथा विद्यार्थीको उपस्थिति थियो।
प्रतियोगितामा विभिन्न खेल विधामा सबैभन्दा बढी ५ स्वर्ण पदक ६ रजत पदक ४ कास्थ पदक प्राप्त गर्दै चण्डेश्वरी मावि प्रिती प्रथम भएको छ। यस्तै, ५ स्वर्ण ३ रजत ५ कास्थ ल्याउदै महालंगुर मावि द्वितीय र ५ संवरण ३ रजत १ कास्थ प्राप्त गर्दै कैलेश्वर मावि गुप्तेश्वर तृतीय स्थान प्राप्त गरेका छन्। प्रथम हुने विद्यालयलाई ४० हजार , द्वितीय ३० हजार, तृतीय २० हजार रुपैयाँ नगद पुरस्कारको साथमा ट्रफी, शिल्ड, मेडल, प्रमाणपत्र वितरण गरिएको छ।
सो अवसरमा गाउँपालिका उपाध्यक्ष साबित्री सुनुवारले स्थानिय स्तरमा यस्ता प्रतियोगिता सञ्चालन गर्दा जिल्ला स्थरिय हुँदै राष्ट्रिय स्थरसम्म खेलाडि उत्पादनमा टेवा पुग्ने बताइन्।